यस विद्यालयका जमिनदाता समाजसेवी कविराम बोहरा


 


वि.स. २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना पश्चात शिक्षामा पनि केहि अपेक्षाकृत सुधारका प्रयासहरु हुदैं आए  सोही क्रममा सुदुर पश्चिमका विकट भु–भागमा पनि विद्यालयहरु स्थापना हुन थाले । जसका निम्ती विभिन्न समयमा विभिन्न समाजसेवीहरुले शिक्षाको विकासमा अतुलनिय योगदान पुर्एका छन । तिनै समाजसेवी मध्ये एक समाजसेवी जसले हालको श्री भागेश्वर माध्यमिक विद्यालय सलौन को स्थापनार्थ लगभग साढेतिन विधा जमिन दान गरेका थिए , उनै कविराम बोहराको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरिएको छ । 

कविराम बोहराको जन्म वि.स. १९८९ साल साल मंसिर महिनाको ७ गते  महाकाली अञ्चल, डडेल्धुरा जिल्ला अन्तरगत तत्कालिन ग्वान्नी गाउँ पञ्चायत वडा नं. ६ बोडामा भएको हो । पिता हरि बोहराका जेष्ट  सन्तानका रुपमा रहेका बोहराले घरमै लेखपढ गर्न सिकेका थिए । प्रजातन्त्र स्थापना पश्चात शिक्षा क्षेत्रमा व्यापक सुधार भईरहेको अवस्थामा वि.स. २०१७ सालमा पुनः नेपालमा पञ्चायति व्यवस्थाको थालनी भयो । सोही समयमा उहाँले सलौन तथा यस आसपासका क्षेत्रमा जमिन आवाद गर्न उल्लेख्य भुमिका निर्वाह गर्नु भएको थियो । सोही क्रममा वि.स. २०२८ सालमा उहाँले सलौन गाउँको दक्षिणी भेगमा आफुले आवाद गरेको जमिन मध्ये ५३ रोपनी जमिन विद्यालय स्थापनार्थ दान गरि यहाँ विद्यालय खोल्न उल्लेख भुमिका निर्वाह  गर्नुभएको थियो । कविराम बोहरा ज्युले समाज सुधारको क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गर्ने कविराम बोहरालाई भागेश्वर मा.वि. सलौनले वि.स. २०७७ सालको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा मरणोपरान्त सम्मान गरेको थियो भने विविध समयमा उहाँको योगदानको उच्चकदर गर्दै आएको छ । 

मानिस जन्मेपछि एक दिन मर्नैपर्ने प्रकृतिको नियम नै रहेको छ । कविराम बोहरा वि.स. २०६२ मंसिर ०७ गतेका दिन यस संसारबाट सदाका निम्ति अस्ताए । उहाँ अहिले यस धर्तीमा नरहे पनि उहाँको योगदान स्मरणीय रहेको छ । 

No comments:

Post a Comment