विद्यालयको अवस्थिति

श्री भागेश्वर माध्यमिक विद्यालयको स्थापना वि.स. २०२९ सालमा भएको हो । यो विद्यालय सु.प. प्रदेश अन्तरगत महाकाली अञ्चल, डडेल्धुरा जिल्ला, परशुराम नगरपालिका वार्ड नं. १ सलौनमा अवस्थित रहेको छ । यस विद्यालयको पूर्व, पश्चिम तथा उत्तर दिशामा बस्ती रहेको छ भने दक्षिणी दिशामा रङ्गुन नदी रहेको छ । यसै विद्यालयको उत्तरी भेग महाभारत लेकमा रहेको श्री भागेश्वर देवताको नामबाट यस विद्यालयको नामाकरण श्री भागेश्वर मा.वि. राखिएको हो ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमि 

श्री भागेश्वर मा.वि. सलौनले विभिन्न समयमा विभिन्न चुनौतीको सामना गर्दै हालको अवस्थामा आइपुगेको हो । वि.स. २०२९ सालमा कक्षा १ को पढाइ आरम्भ गरेको यस विद्यालयले वि.स. २०.३७ सालमा मात्र कक्षा ३ सम्मको अध्ययन अध्यापन कार्य गर्न सफल भयो भने वि.स. २०४० सालमा यस विद्यालयले प्राथमिक तहको विद्यालयको रुपमा कक्षा ४ र ५ को पढाइ संञ्चालन गर्न सफल भयो । वि.स. २०६० देखि नि.मा.वि. र वि.स. २०६५ देखि माध्यमिकतह सञ्चालन गरिएको यस विद्यालयले हालसम्म  SLC/SEE  का १४ वटा व्याच निकालिसकेको छ । हाल आएर ३ प्रा.वि. दरबन्दी, २ नगर प्रा.वि. कोटा, १ प्रा.वि. कोटा, ३ नि.मा. राहत कोटा, १ नि.मा. नगर कोटा, २ मा.वि. अनुदान कोटा, १ स.ल.ेपा. , १ विद्यालय कर्मचारी र २ जना बालविकास सहजकर्ता तथा २ वटा समुदायमा आधारीत बालविकास सहजकर्ता सहित जम्मा १८ जना शिक्षक कर्मचारी कार्यरत रहेका यहाँमाझ प्रस्तुत गर्न चाहन्छु । 


गत शैक्षिक सत्रमा विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम राखेतापनि विभिन्न कारणवस हामीले आर्थिक वर्ष २०७९ मा कार्यक्रम सम्पन्न गर्न सकेनौ । शैक्षिक सत्र २०७९ मा यस विद्यालयको भर्ना अभियान संगै औपचारिक रुपमा पठनपाठन क्रियाकलाप सञ्चालन भएको थियो । जसमध्ये निर्धारण गरिएका र सञ्चालन भएका दिन तपसील अनुसार रहेका छन् ।

भौतिक अवस्था

यस विद्यालयको भौतिक संरचना कमसल खालको रहेको छ । हाल विद्यालय संग ७ ओटा भवनमा १८ कोठा रहेका छन् । जसमध्ये १४ ओटा कक्षाकोठा रहेका छन भने १ कम्प्युटर ल्याब, १ विज्ञान प्रयोगशाला, १ पुस्तकालय र १ कार्यालय (office) गरी ४ कोठा रहेका छन् । एउटा भवन निर्माणाधीन अवस्थामा रहेको छ । साथै टाढा टाढाबाट आउने विद्यार्थीका लागी विद्यालयमा छात्राबास निर्माण कार्य पिलर सम्म भई बजेट अभावका कारण अधुरो अवस्थामा रहेको छ । प्रारम्भीक कक्षा देखी कक्षा १, २ र ३ मा कार्पेट व्यवस्थापन गरी कक्षा सञ्चालन भइरहेका छन् भने कक्षा ४ देखि कक्षा १० सम्म बेन्च डेस्कको व्यवस्थापन गरी कक्षा सञ्चालन भइरहेका छन् । शौचालय संख्या ४ ओटा तथा चेन्जीङ रुम १ तथा पानी धारा संख्या १ रहेको छ । विद्यालय कम्पाउण्ड  निर्माणाधीन अवस्थामा रहेको छ 

भावी योजना:

श्री भागेश्वर मा.वि. सलौनको वर्तमान भौतिक अवस्थामा अपेक्षात्मक रुपमा सुधार भइरहेको अवस्था छ । यस विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन संञ्चालन गर्न केही भौतिक पूर्वाधारहरु जस अन्तरगत भवनको संख्या लगभग पूर्ण अवस्थामा रहेको छ । साथै पर्याप्त जमिन पनि रहेको अवस्था छ । भौतिक स्रोत साधन र आर्थिक अवस्थालाई मजवुद गर्न सकेको खण्डमा प्राविधिक धारको मा.वि. सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने देखिन्छ । यसका लागि गत विगतमा पनि छलफल तथा परामर्श गरिएका छन् । निकट भविस्यमै प्राविधिक धारको माध्यमिक विद्यालय सञ्चालनका लागि आवस्यक पहल गरिदैछ ।

           विद्यालयको शैक्षिक बातावरण तन्दुरुस्त राख्न शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्वन्धीत निकायको सक्रियता आवस्यक हुन्छ । सोका लागि सम्वन्धीत निकायलाई चनाखो बनाइ विद्यालयको शैक्षिक बातावरणमा सुधार गरिनेछ । प्राथमिक तहमा अंग्रेजि भाषा तथा स्थानिय विषय वस्तुका आधारमा अध्ययन अध्यापन कार्य गर्नु उपयुक्त देखिन्छ, त्यसैले सो क्रियाकलापका लागि आवस्यक पहल गरिने छ । विद्यालयमा विद्यार्थीको भर्नादर शत प्रतिशत पु¥याउन आवस्यक पहल गरिने छ ।  यस विद्यालयमा आवस्यक सुविधा सम्पन्न भवन निर्माण गर्ने, विद्यालय हातामा रहेको जमिनको सहि सदुपयोग गर्ने, विद्यालय पर्खाललाई पूर्णता दिने लगायत विविध भौतिक निर्माणका कार्यमा आवस्यक पहल गर्नुपर्ने देखिन्छ ।  यस विद्यालयको शैक्षिक सुधारका लागि प्रथमीक तह सम्म अंग्रेजि माध्यममा पठनपाठन सञ्चालन गर्नुपर्ने एकदमै अपरिहार्य देखिन्छ 

No comments:

Post a Comment